दफा
मूल ऐनको दफा ६मा संशोधनः

मूल ऐनको दफा ६ को,–(१)खण्ड (क) मा रहेका “कुनै कम्पनीको नाम” भन्ने शब्दहरु पछि “वा अघि नै दर्ता भइ सकेका कम्पनीका समूहको नाम वा” भन्ने शब्दहरु राखिएका छन्।स्पष्टीकरणः यस खण्डको प्रयोजनका लागि “कम्पनीका समूह” भन्नाले कुनैमुख्य कम्पनी र सहायक कम्पनी वा त्यस्ता कम्पनीको समूह सम्झनुपर्छ ।(२)उपदफा (२) मा रहेको “पन्ध्र” भन्ने शब्दको सट्टा “सात” भन्ने शब्द राखिएको छ ।
(३)उपदफा (३)मा रहेको “चित्त नबुझ्ने व्यक्तिले” भन्ने शब्दहरुको सट्टा“निवेदकले” भन्ने शब्द राखिएको छ ।